सुत्केरी महिलालाई करणी गर्न खोज्ने पक्राउ

 असोज १३, २०७५ शनिबार १८:२३:२२ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – जिल्ला अस्पताल तेह्रथुममा प्रसुति गराउन आएकी २० वर्षे महिलालाई जबरजस्ती करणी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–३, वयरवनका ३० वर्षीय दीलिप भनिने दिपेश कार्कीलाई पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्कीले बिहीबार जिल्ला अस्पतालमा अपरेसनबाट प्रसुति गराई वार्डमा रहेकी महिलालाई राति १० ः०० बजे शौचालय गएको मौका छोपी जबरजस्ती करणीको प्रयास गरेका थिए । 

उनले आफू अस्पतालको डाक्टर भएको र घाउ सफा गरिदिने भन्दै झुक्याएर गोप्य अंङ्गहरुमा हात पु¥याएपछि आफूले प्रतिकार गरेको पीडित महिलाले बताएकी छिन् ।

प्रहरीले कार्कीलाई बिहीबार राति नै पक्राउ गरेको थियो । शुक्रबार उनीविरुद्ध जबरजस्ती करणी उद्योग अपराधमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी टेकबहादुर कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया