फेरि ट्वीटर दोहोरीमा योगेश भट्टराई र विष्णु रिमाल

 असोज १४, २०७५ आइतबार ११:५४:४७ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेताद्वय योगेश भट्टराई र विष्णु रिमालबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको छ । अमेरिकामा रहेका नेता रिमालले नेपालमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भेला गरेपछि त्यसैलाई लक्षित गरी ट्वीट गर्नुभएको थियो । त्यसपछि अर्का नेता योगेश भट्टराईले त्यही शैलीमै जवाफ फर्काउनुभएको हो । 

दुवै  नेताबीच सामाजिक सञ्जालमै सवाल जवाफ भएको पहिलो घटना भने होइन । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतको प्रयास चलिरहेका बेला नेता भट्टराईले दुवै पार्टीका अध्यक्षले सन्यास लिनुपर्ने बताएपछि नेता रिमालले त्यसलाई भट्टराईको माकफुईँले सगरमाथा चढेको टिप्पणी गर्नुभएको थियो । त्यसको जवाफमा नेता भट्टराईले रिमाललाई मेन्सन नै गरेर आफूविरुद्ध जतिसुकै नरकारात्मक टिप्पणी गरे पनि रिमालप्रति आफ्नो सधैं सम्मान रहने बताउनुभएको थियो । 

दुईजनाबीचको तिक्तता 

दुवै नेताबीच पार्टीभित्र देखिने खालको विवाद नभए पनि दुवैजना फरक फरक समूहका नेता हुन् । रिमाल अध्यक्ष ओली निकट हुनुहुन्छ भने भट्टराई नेता माधव नेपाल निकट ।

दुवैजनाबीच अघिल्लो अधिवेशनमा सचिव हुँदादेखि अझ  चर्को प्रतिस्पर्धा देखिएको हो । ओलीको प्यानलबाट सचिवका प्रत्यासी रहेका रिमाल पराजित हुनुभएको थियो भने  भट्टराईले नेपाल प्यानलबाट सचिव जित्नुभएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया