मेलम्ची–थाङपालधाप सडक निर्माणका लागि ६४ करोड बजेटको ठेक्का प्रक्रिया सुरु

 असोज १४, २०७५ आइतबार १२:१३:२६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हिमाली गाँउपालिका जाने मोटर बाटोको लागि बजेट विनियोजन भएको छ । मेलम्चीदेखि थाङपालधापसम्मको १५ किलोमिटर सडकखण्डको  लागि ६४ करोड बजेट विनियोजन भएको हो ।

बजेट विनियोजन भएसँगै डिभिजन सडक कार्यालय चरिकोटले बाटो निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाएको छ । बहुवर्षीय योजना अन्तर्गत मेलम्चीदेखि थाङपालधापसम्मको सडकखण्डलाई चौडा पारी स्तरोन्नति गरिने डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

पाँचपोखरी क्षेत्रको मेलम्ची–भोताङ मोटरबाटो मेरुदण्ड भएकाले यो बाटोे निर्माण अत्यावश्यक स्थानीयले बताएका छन् । त्यसका साथै मेलम्ची, केउरानी , बाँसखर्क, बरुवा, याङ्री बाटोलाई परेको ४ करोड बजेटमा अझै थप गर्ने, दुवाचौर, बाँसखर्क, बरुवा बाटोलाई थप बजेट व्यवस्था गर्नुका साथै पाँचवटा पक्कीपुल र पाँचपोखरी केवलकार निर्माणका लागि पहल भइरहेको  स्रोतले बताएको छ । 

वर्षाको समयमा पैदल आवतजावत गर्नसमेत मुस्किल पर्ने मेलम्ची–भोताङ सडकखण्डको स्तरोन्नति भएसँगै मेलम्ची नगरपालिकाको वडा नम्बर ९ को रामपुरदेखि खाल्डेसम्म्का स्थानीयलाई पनि सहज हुने छ । यो बाटोको स्तरोन्नती भएपछि मेलम्ची नगरपालिकाको वडा नम्बर ९ र पाँचपोखरीका करिब २० हजार स्थानीयलाई यातायातको सहज सुविधा पुग्ने अपेक्षा गरिएको छ । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया