दुवै हात ग्याविङ तारले बाधेको अवस्थामा महिलाको शव फेला

 असोज १४, २०७५ आइतबार १६:४३:१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – ठूली भेरी नदीमा एक महिलाको शव फेला परेको छ ।

आठबीसकोट नगरपालिका–११, को रिठा भन्ने ठाउँमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार एक महिलाको शव फेला परे पनि पहिचान हुन भने सकको छैन । दुवै हात ग्याविङ तारले बाधेको र अर्ध नग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिनुभयो ।

शव सड्ने अवस्थामा पुगिसकेकाले महिलाको केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

असोज १२ गते बिहान शव फेला परे पनि अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीको भनाई छ । शव जिल्ला अस्पताल रुकुम पश्चिममा राखिएको छ ।

शवको पहिचान नहुँदा पोष्र्टमार्टम गर्न समेत समस्या भएको बताइएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Manoj rana

    Sept. 30, 2018, 4:54 p.m.

    १०/२० बर्ष पहिलेको शववाट त विदेशीले पहिचान गर्छ भने नेपालीहरु जाबो १/२/ हप्ताको शव पहिचान गर्न सक्दैन भन्छन /

  •  0 Reply

तपाईको प्रतिक्रिया