पन्तको हत्याबारे छानबिन गर्न गठित समितिका सदस्य केसीमाथि आक्रमण

 असोज १४, २०७५ आइतबार १७:१२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ ।

छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतबार धनगढी फर्केका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको हो ।

सुदूरपश्चिमको राजधानी गोदावरी तोकिएको विरोधमा आन्दोलनरत समूहबाट केसी सवार बा १ झ ९७०३ नम्बरको सरकारी गाडीमाथि धनगढी–अत्तरिया सडकखण्डमा  आक्रमण भएको हो । 

‘गाडीको पहाडीको पुरै सिसा फुटेको छ’, गाडीमा सवार उपसचिव केसीले भन्नुभयो, ‘ढुङ्गा भित्र पस्न पाएन तर, सिसाका कारण सामान्य चोट लागेको छ ।’
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया