सामसङले ल्यायाे ‘बडा दशैंको बडा बचत’ योजना

 असोज १४, २०७५ आइतबार १७:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सामसङ नेपालले चाडपर्वको उपलक्ष्यमा बडा दशैंको बडा बचत नामको आकर्षक योजना ल्याएकाे छ । 

योजना अन्तरगत ग्राहकहरुले सामसङका इलेक्ट्रोनिक्स उत्पादनहरुको खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले यो योजनाअवधिभर सामसङका एलईडी, स्मार्ट, स्मार्ट एलईडी यूएचडी तथा क्य एलईडी टेलिभिजनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशत, वाशिङ्ग मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउनेछन् । 

यो योजनाअवधिभर साइड बाई साइड रेफ्रिजेरेटर तथा फ्लेक्सबास वासिङ्ग मेसिनको खरिद गर्ने ग्राहकहरुले एक थान एयर प्युरिफायर उपहारस्वरुप प्राप्त गर्नेछन् ।

टीभी, रेफ्रिजेरेटर, वासिङ्गमेसिन, माइक्रोवेभ ओभन, भ्याक्युम क्लिनर, एयर कन्डिसनर तथा एयर प्युरिफायर खरिद गर्नुहुने ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरिने छ । 

यो योजना असोज १५ गतेदेखि मंसिर १४ गतेसम्म लागू हुनेछ । 

लक्की ड्रको घोषणा योजना समाप्त भएपछि सामसङको आधिकारिक फेसबुक लाइभमार्फत गरिने छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया