यू–१९ एसिया कप : नेपालले अाज अफगानिस्तानसँग खेल्ने

 असोज १५, २०७५ सोमबार ६:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ एसिया कपमा नेपालले साेमबार साविक विजेता अफगानिस्तानसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार बिहान पौने नौ बजे सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा चिरपरिचित नेपाल र अफगानिस्तान गएकाे संस्करणको प्रतियोगितामा पनि आमने–सामने भएका थिए । जसमा अफगानिस्तान ७ विकेटले विजयी भएको थियो । यसपटक पनि नेपालले पहिलो खेलमा नै भारतसँग एक सय ७१ रनको भारी हार ब्यहोरेको छ ।

यता अफगानिस्तानले युएइलाई ५ विकेटले पाखा लगाएको थियो । सेमिफाइनलको लक्ष्य राखेको नेपाल यदि साेमबार पराजित भएमा प्रतियोगिताबाट नै बाहिरिने छ । त्यसैले पनि नेपाललाई साेमबारकाे खेल जित्ने पर्ने दबाव छ । भारत विरुद्ध कमजोर ब्याटिङ गरेको नेपालले मंगलबारको खेलमा केही परिवर्तन गर्न सक्नेछ ।

अघिल्लो संस्करणमा भारतलाई हराएर सेमिफाइनल पुगेको नेपाल यसपटक भने केही कमजोर देखिएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया