गुल्मी र अर्घाखाँचीका लागि १८ वटा बस थपिए, घर जानेमध्ये ५० प्रतिशतको टिकट बुकिङ

 असोज १५, २०७५ सोमबार ७:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दसैंका लागि टिकट अभाव भएको गुनासो बढेपछि यातायात व्यसायीले गाडी थप्न थालेका छन्  । गुल्मी र अर्घाखाँचीको लागि मात्रै साेमबार ९/९ वटाका दरले १८ वटा गाडी थपिएको नेपाल राष्ट्रिय यातायात व्यवसायीका महासचिव सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

यात्रुले टिकट नपाएको गुनासो गरेपछि गुल्मी र अर्घाखाँचीको लागि १८ वटा बस थपेको र अरु ठाउँमा पनि अभाव भएमा बस थपिने महासंघले जनाएको छ । दसैंकै लागि अहिलेसम्म ७ लाख यात्रुले काठमाडौं छाडेको र घरजाने मध्ये ५० प्रतिशत यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको पनि महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

गाडी राम्रा भए पनि बाटो अप्ठेरो भएकाले दसैंमा जाम हुन सक्ने भएकाले फूर्सद भएका नागरिकलाई आज भोलि नै घर जान पनि महासंघले आग्रह गरेको छ । टिकट बुकिङको समिक्षा गर्न महासंघ र यातायात व्यवस्था विभागविच सोमबार दिउँसो छलफल पनि हुँदैछ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया