फिरौतीमा कुरा नमिलेपछि हत्या

 असोज १५, २०७५ सोमबार ७:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – असोज ७ गते विराटनगरमा ह्युम पाइपभित्र भेटिएको शव विराटनगर–१७ का मोहम्मद अस्फाकको भएको पुष्टि भएको छ । उनको अपहरणपछि फिरौतीका कारण हत्या भएको समेत प्रहरीले खुलासा गरेको हो । 

विराटनगरको वडानम्बर १४ र १७ को सिमानामा रहेको पैनीमा अवस्थित पाइपभित्र सडेगलेको अवस्थामा शव भेटिएको एकसातापछि प्रहरीले घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गर्दै घटनाको विषयमा विस्तृत जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनाको विषयमा जानकारी गराउनु हुँदै मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले ह्युम पाइपभित्र भेटिएको शव विराटनगर १७ का मोहम्मद अस्फाकको भएको पुष्टि भएको जानकारी दिनुभयो । उहाँले असोज १ गतेबाट हराएका अस्फाकलाई यही ठाउँका २० वर्षीय मोहम्मद सद्दिफ हुसैन र २१ वर्षीय मोहम्मद आरिफले टाउकोमा ढुंगा प्रहार गरि हत्या गरेको अनुसन्धानको क्रममा खुलेको बताउनुभयो ।

अभियुुक्तद्वयले अस्फाक हराएको भनिएकै दिन उनको हत्या गरेको खुलेको उहाँले बताउनुभयो । अभियुक्तद्वयले अस्फाकलाई घटनास्थलसम्म लिएर गएको र टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेपछि ह्युम पाइपभित्र लुकाएको जानकारी दिनुभयो ।

हत्या गरिसकेपछि शव लुकाएर अभियुक्तद्वयले पटक–पटक मृतकका अभिभावकसँग मोबाइलमा म्यासेज पठाएर फिरौतीसमेत मागेको प्रहरीले जनाएको छ । ५० लाखबाट सुरु भएको फिरौतीको बार्गेनिङ अन्तिममा ५ लाखसम्म पुगेको प्रहरीले जानकारी दिएको छ । मृतक अस्फाक स्थानीय विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया