बालिका बलात्कार अरोपमा फरार व्यक्ति वर्षदिनपछि पक्राउ

 असोज १५, २०७५ सोमबार ७:४७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – तेह्रथुममा १५ वर्षीय बालिकालाई करणी गरी फरार रहेका एक व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् । 

बालिकालाई पटक–पटक करणी गरी फरार रहेका लालीगुराँस नगरपालिका–३ का ५४ वर्षीय शंकर थापालाई प्रहरीले पक्राउ गरेको हो । गएको वर्ष असोज २७ गते बालिकालाई करणी गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । 

त्यसयता थापा फरार रहेका थिए । थापालाई सिआईबीको सहयोगमा काठमाडौंको गौशालाबाट असोज १२ गते पक्राउ गरी आइतबार जिल्ला अदालत तेह्रथुममा उपस्थित गराइएको तेह्रथुमका प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले बताउनुभयो । थापाविरुद्ध जबरजस्ती करणी अपराधमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया