क्यानेडियन नागरिकले १८ लाख रुपैयाँ खर्च गरेर बनाइदिएको स्कुलको उद्घाटन

 असोज १५, २०७५ सोमबार १०:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – कालिका गाउँपालिका ४ मा क्यानेडियन नागरिकले १८ लाख रुपैयाँ खर्च गरेर बनाइदिएको स्कुलको उद्घाटन भएको छ । कालिका गाउँपालिका ४ धुसेनीमा बनेको श्री सूर्योदय प्राथमिक विद्यालयको प्रतिनिधि सभा सदस्य मोहन आचार्यले उद्घाटन गर्नुभएको हो ।

स्कुल बनेपछि सयौं बालबालिका लाभान्वित भएका छन् । उद्घाटन कार्यक्रममा सांसद आचार्यले विद्यालय भवन बनाइदिने क्यानडाका नागरिकलाई धन्यवाद दिँदै रसुवामा गुणस्तरीय शिक्षाको लागि आफु पनि लागिपरेको दावी गर्नुभयो । सांसद आचार्यले संबृद्ध रसुवा निर्माणको लागि स्वास्थ्य, शिक्षा, जलस्रोत कृषी, पर्यटनलगायतको विकास भैरहेको जानकारी दिनुभयो ।

रसुवामा सडक निर्माणको लागि सांसद आचार्यले केहिसमय अघि आफ्नै लगानीमा डोजर स्काभेट किनेर जिल्लालाई दिनुभएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया