पर्वतमा पनि १२ वर्षीया बालिका बलात्कृत !

 असोज १५, २०७५ सोमबार १०:२१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – मोदीगाउँपालिका १ भूक देउरालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालले असोज १३ गते शनिबार राति बालिका बलात्कार गरी फरार भएका हुन् । 

घरमा बसेर कोठामा पढ्दै गरेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनेर पीडितका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।

बलात्कार आरोपी छन्त्याल घटनापछि फरार रहेका छन् । वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरी खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

असोज महिना लागेपछि पर्वतमा तीनजना बालिका बलात्कृत भएका छन् । जलजला गाउँपालिकामा १० बर्षिय बालकबाट ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् भने कुस्मानगरपालिका २ मा पनि २० वर्षीय विनोद नेपालीले १३ वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका थिए । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया