ट्राफिक प्रहरी कार्यालय बैतडीले गर्‍याे यात्रु सहायता कक्षा सञ्चालन

 असोज १५, २०७५ सोमबार १७:३५:३६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले दशै, तिहारजस्ता चाडपर्वलाई मध्यजनर गर्दै  नागरिक सहायता कक्षको स्थापना गरेको छ ।  

चाडपर्वको समयमा मान्छेको धेरै भीडभाड भई नागरिकलाई सास्ती हुने भएकोले नागरिकका समस्या समाधान गर्ने उदेश्यले नागरिक सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी प्रमुख रावलका अनुसार नागरिक सहायता कक्ष सदरमुकाममा रहेकाे गोठालापानीको बसपार्क टिकट काउन्टर नजिकै स्थापना गरिएको छ ।

दशैं, तिहारको समयमा सवारी चालकहरुले बढी भाडा असुल्ने, धेरै यात्रुलाई एउटै सवारीसाधनमा राख्ने गरेको लगायतका गुनासो आउने भएकोले यस्ता समस्या भएका सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । 

साथै जुनसुकै प्रकारका समस्या आइपरे पनि प्रहरीको नागरिक सहायता कक्षमा खबर गर्न सकिने प्रहरीले जनाएको छ । यो नागरिक सहायता कक्ष दशैंदेखि तिहारसम्मरहने छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया