कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
अभिनेत्री श्रीदेवी र बोनी कपूरकी कान्छी छोरी खुशी कपूरको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भइरहेको तस्बिरमा खुशी निकै स्टाइलिस र बोल्ड अवतारमा देखिएकी छिन् ।
यो तस्बिर सार्वजनिक भएसँगै खुशी अहिले उनको सुन्दताका कारण चर्चामा छाइरहेकी छिन् । उनको सुन्दरता र स्टाइलको सबैले प्रशंशा गरिरहेका छन् भने उनी अब छिट्टै नै बलिउडमा डेब्यूको तयारीमा रहेको चर्चा पनि भइरहेको छ ।
यस अघि खुशीकी दिदी अभिनेत्री जान्हवी कपूरले फिल्म ‘धडक’ मार्फत बलिउड डेब्यू गरेर दर्शकको मन जित्न सफल भइसकेकी छिन् । आमा श्रीदेवीको अचानक भएको निधन पश्चात खुशी र जान्हवी एकअर्कालाई साथ र हौसला दिँदै आइरहेका छन् ।
जान्हवीको पहिलो फिल्म ‘धडक’ को प्रिमियरमा पनि खुशी र जान्हवी आमा श्रीदेवीलाई सम्झेर मिडियाकै अगाडी निकै रोएका थिए ।