झाडु लिएर प्रदेश २ का मुख्यमन्त्री राउत सडकमा

 असोज १६, २०७५ मंगलबार ८:५४:४३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरको सडकमा झाडु लगाउनु भएको छ । १४९ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा मंगलबार बिहान जनकपुरको भानुचोकदेखि मुरलीचोकसम्मको सडकमा मुख्यमन्त्री राउतले झाडु लगाउनु भएको हो ।

महात्मा गान्धी फाउण्डेशन नेपाल र सेभद हिस्टोरिकल जनकपुरको संयुक्त आयोजनमा भएको सरसफाई कार्याक्रम भएो थियो ।

सरसफाई कार्यक्रममा मुख्यमन्त्री राउतसंगै आयोजक संस्था सेभ द हिस्टोरिकलका अध्यक्षसमेत रहनु भएका प्रदेश सांसद रामअशिष यादव, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया