निर्मलालाई न्याय माग्दै कञ्चनपुर बन्द

 असोज १६, २०७५ मंगलबार १०:२१:१९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – नेपाल विद्यार्थी संघ कञ्चनपुरले कञ्चनपुर बन्द गरेको छ । निर्मलाको बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भन्दै नेवि संघले मंगलबार कञ्चनपुर बन्द गरेको हो । 

निर्मला पन्तको न्यायको मागका लागि आफूहरुले एकदिनका लागि नेवि संघ कञ्चनपुरका जिल्ला सदस्य तेजबहादुर साउँदले बताउनुभयो । उहाँले केन्द्रीय निर्देशनअनुसार आफूहरुले मंगलबार कञ्चनपुर बन्द गरेको बताउनुभयो । बन्दका कारण बिहानैबाट सवारीका सवारीका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि सोमबारबाटै बन्द छन् ।

यस्तै, नेवि संघको आह्वानमा सहमति जनाउदै उद्योग व्यवसायीले पनि बजार व्यवसाय बन्द गरेका छन् । बन्दका कारण भारतमा मजदूरी गरी दशै तिहारका लागि घर फर्किदै गरेका मजदूर मर्कामा परेका छन् । 

निर्मलाको बलत्कारपछि हत्याको विरोधमा कञ्चनपुरलगायत देशैभर दुइमहिनादेखि आन्दोलन जारी छ । तर, सरकारले हत्यारा पत्ता लगाउनुको साटो संरक्षण गरेको भन्दै त्यसको विरोध भइरहेको छ । 

यता, सरकारले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै महिला अधिकारकर्मीसमेत आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरुको विरोध तथा दबाबमूलक आन्दोलन जारी रहने बताएका छन् । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया