चीनको यस्तो 'जेल' जहाँ बन्द छन् १० लाख मुसलमान

 असोज १६, २०७५ मंगलबार ११:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्ला केही दिनखेखि देशको पश्चिमी क्षेत्रमा सिन जियाङमा रहेका अल्पसंख्यक मुसलमानप्रति रवैया देखाएका कारण चीनको चर्को आलोचना भइरहेको छ । 
चीनले यो राज्यमा ठूलो संख्यामा मुसलमानलाई क्याम्पमा कैद गरेर राखेको आरोप आलोचकहरुले लगाएका छन्  ।

अगस्ट महिनामा एउटा संयुक्त राष्ट्रसंघीय कमिटीले सिनजियाङमा करिब १० लाख मुसलमानलाई हिरासतमा राखि उनीहरुलाई ‘दोस्रो पटक शिक्षा’ दिइरहेको जानकारी दिएको थियो ।

चीनले यो समाचारको खण्डन गरिरहेको छ । तर पनि सिनजियाङमा मुसलमानलाई बन्दी  बनाइएको धेरै प्रमाणहरु सार्वजनिक भएका छन् ।

को हुन वीगर ?

चीनको पश्चिमी प्रान्त सिनजियाङमा रहेका एक करोडभन्दा धेरै वीगर समुदायका मानिस मुसलमान छन् । सांस्कृतिक रुपमा मध्य एसिया देशका निटक मान्ने उनीहरुको भाषा पनि टर्कीसँग मिल्दोजुल्दो छ ।

केही वर्षयता ठूलो संख्यामा चीनका बहुसंख्यक नस्लीय समूह ‘हान’ सिनजियाङमा बस जानु एक संवेदनशील मुद्दा बनेको छ । अर्को समूह हावी भएपछि वीगर समुदायका मानिसको सिनजियाङबाट रोजगारी र संस्कृति खतरामा पर्न थालेको हो ।  

कहाँ छ सिनजियाङ ?

सिनजियाङ चीनको पश्चिम क्षेत्रको सबैभन्दा ठूलो प्रान्त हो । यसको सिमाना भारत, अफगानिस्तान र मंगोलियालगायतका केही देशसँग जोडिएको छ । यसलाई पनि तिब्बतलाई जस्तै स्वायत्त क्षेत्र भनेर पनि चिनिन्छ । तर यहाँको सरकारको साँचो बेइजिङको हातमा रहेको छ ।

वर्षौँदेखि यो प्रान्तको अर्थव्यवस्था खेती र व्यापारमा केन्द्रित रहँदै आएको छ । २० औं शताब्दीको सुरुवातमा वीगर समुदायले केही समयकालागि मात्रै भए पनि सिनजियाङ प्रान्तलाई स्वतन्त्र घोषणा गरेका थिए । पछि १९४९ को कम्युनिष्ट क्रान्तिपछि यो प्रान्त चीनको एक भाग बनेको हो  ।

अहिले सिनजियाङमा के भैरहेको छ

२०१८ को अगस्ट महिनामा संयुक्त राष्ट्रसंघको एक मानवअधिकार समितिले बताएको थियो की ‘वीगर स्वायत्त क्षेत्र नजरबन्दमा’ परेको छ । त्यसबेला यहाँ १० लाख मानिस हिरासतको जीवन बिताइहेको बताइएको थियो । 

मानवअधिकार संगठनका अनुसार एकातर्फ बन्दी क्याम्पका राखिएका मानिसलाई चिनियाँ भाषा सिकाउने गरिन्छ । उनीहरुलाई चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति वफादार रहेको कसम पनि खान लगाइन्छ । र उनीहरुको आफ्नो धर्म र संस्कृतिको आलोचना पनि गर्न लगाइन्छ ।

वीगर समुदायले कडा निगरानीको सामना पनि गर्नु परेको छ । उनीहरुको घरको ढोकामा क्यूआर कोड्स लगाइएको छ र अनुहारलाई चिन्नकालागि क्यामरा पनि फिट गरिएको छ । अधिकारीले आफूले चाहेको बेलामा घरभित्र को छ भनेर थाहा पाउन सक्छन् ।

– बीबीसी हिन्दीबाट

 

उज्यालोको यूट्युब च्यानल Ujyaalo TV मा बाउछोरीको कथा हेर्नुहाेस् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Kamal Bk

    Oct. 2, 2018, 2:59 p.m.

    Western Propaganda ..

  •  0 Reply

तपाईको प्रतिक्रिया