बंगबन्धु गोल्डकप : आयोजक बंगलादेशको विजयी सुरुवात

 असोज १६, २०७५ मंगलबार १२:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा सोमबारबाट बंगबन्धु गोल्डकप सुरु भएको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बंगलादेशले लाओसमाथि १–० को जित निकालेको छ । समूह बी अन्तर्गतको पहिलो खेलमा जित हात पार्दै बंगलादेशले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । 

बंगलादेशको जितमा मिडफिल्डर विप्लो अहमेदले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बनेको खेलको ५९औं मिनेटमा विप्लोले गोल गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया