यस्तो छ धमला पत्नीको चलचित्र ‘अनुराग’

 असोज १६, २०७५ मंगलबार १३:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

यो हप्ता फ्राइडे रिलिजअन्तर्गत तिनचलचित्रहरु फ्लोरमा आए । शुक्रबार रिलिजभएका ३ चलचित्रहरुहुन् कथा काठमाडौं अनुराग र छिरिङ । तीन चलचित्रमध्ये विशेष रुपले हेरिएको चलचित्र हो अनुराग । पत्रकार ऋषि धमलाको प्रस्तुती रहेको चलचित्र अनुरागले प्रदर्शन अघि राम्रै चर्चा पाएको थियो । कसैले ऋषि धमलाको नाम सग जोडेर चर्चा गरे त कसैले उनि श्रिमती एलिजा गौतमको । जे यस्ता चर्चाले पनि चलचित्र चलाउनका निम्ति केहि हद सम्म सहजभएको छ निर्माता ऋषि धमलालाई ।

हुन त ‘अनुराग’को आधिकारिक ट्रेलर सार्वजनिकभए सगै चलचित्र चर्चामा आएको थियो। यति बेलाचलचित्र फ्लोरमा छ । चलचित्रमा अधिकांश नयाँ अनुहार छन् भने केहि पुराना कलाकारहरुको अभिनय छ ।  गीत संगीत प्रतिमोह राख्ने व्यक्तिहरुलाई चलचित्र विशेष लाग्न सक्छ । चलचित्रको कथा वस्तुले पनि गीत संगीतमा रुची राख्ने व्यक्तिहरुकै कथा बोलेको छ । चलचित्रमा जति राम्रा पक्ष छन् त्यति नै सुधार गर्न आवश्यक कुराहरु पनि प्रसस्तै छन् । चलचित्रको सुरु चलचित्रका डेब्यू नायक समुन्द्र पण्डित जसको चलचित्रमा नाम राग हुन्छ । चलचित्रको सुरुवात पनि उनी बाटै हुन्छ ।

आकाशबाट मुसलधारे पानी परिरहेको हुन्छ । मुसलधारे पानीमै राग रुझिरहेका हुन्छन् । साथमा गितार बोकेका छन् । उनलाइ हेर्दा लाग्छ उनी निकै पीडामा छन् । चलचित्रको सुरुवात अत्यन्तै उत्कृष्ट ढंगबाट गरिएको छ । चलचित्रमा बालापनको प्रेमलाई पनि झल्काउने प्रयास गरिएको छ । चलचित्र नाइ नभन्नु ल ५ हेरेको मानिसले यदि चलचित्र अनुराग हेर्यो भने केही खल्लो महसुस गर्न सक्छ । यसको मतलब हामीले नाइ नभन्नु ल ५ सँग अनुराग दाज्न खोजेको हैन तर दुबै चलचित्रमा बालापनको प्रेम झल्काइएको छ ।

तर अनुरागमा अभिनय गरेका बालबालिकाहरुको अभिनयमा अझै निखारता ल्याउन आवश्यक देखिन्छ । यदि थोरै अभिनय मात्र भएको भए दर्शकले त्यो पचाउन सजिलो हुन्थ्यो तर चलचित्र अनुरागमा अभिनय गरेका तीन बालबालिका अनु, राग र  प्रेम पहिलो हाफमा यिनीहरुकै वरिपरी कथा घुमेको छ । अनु एक सम्पन्न परिवारकी छोरी हुन् । तर राग र प्रेम भने अभिभावक विहीन हुन्छन् उनीहरु बाल आश्रममै हुर्किएका छन् । राग ले सुमधुर स्वरमा गाएको गीत सुनेर अनु मोहित हुन्छिन् । र उनिहरुको भेट यस्तै गरि हुन्छ । चलचित्रमा अभिनेता समुन्द्र पण्डित र अभिनेत्री एलिजा गौतमले डेब्यू गरेका छन् ।

 यदि एलिजाले चलचित्र क्षेत्रमा नै आफूलाई अघि बढाउने सोच राखेकी छन् भने समुन्द्र पण्डित को तुलनामाएलिजागौतमले अझै धेरै सिक्नआवस्यक छ । आफुलाईनिखार्न आवश्यक छ । चलचित्रको कथा उत्कृष्ट छ तर त्यही कथाको प्रस्तुतीकरणमा भने प्रशस्तै कमीकमजोरीहरु देखिएका छन् । हुन त निर्देशक सत्यराज चौलागाईँले यसै चलचित्र बाट निर्देशनमा डेब्यू गरेका हुन् तर उनी स–साना कुरामा चुकेका छन् । कतिपय स्थानका संवादहरुमा सुधार गर्नु पर्ने देखिन्छ । 

चलचित्रमा अभिनय गरेका नयाँकलाकारहरुमा परिपक्ता देखिएको छैन । यस्ता सबै कुराहरुलाई बिर्सेर कथालाई ध्यानदिने हो भने चलचित्रले उत्कृष्ट प्रेमभाव प्रस्तुतगर्ने प्रयास गरेको छ । बाल्यकालमै बसेको माया शरिर जति नै टाढा भए पनि मन कहिले टाढा हुँदैन भन्ने सन्देश दिएको छ । राजाराम पौडेलको कमेडीले चलचित्रलाई मसला थप्ने काम गरेको छ । एउटा रुमालमा मानिसको ज्यान अड्कीएको हुन्छ भन्ने सन्देश चलचित्रले प्रस्तुत गरेको छ ।

चलचित्रकी नायिका अनु अर्थात् एलिजा गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् । चलचित्रको समग्र कथावस्तुलाई हेर्दा समुन्द्र पण्डित चलचित्र अनुरागमागायकको भुमिकामा प्रस्तुत भएका छन् ।  चलचित्रकी मुख्य अभिनेत्री एलिजा गौतम पनि संगीतमा रुची रुाख्ने गर्छिन् । समुन्द्रलाई गायक बनाउनमा एलिजाको भुमिका महत्वपूर्ण हुन्छ । तर दुवैजना एक अर्कालाई चाहान्छन् तर कथाले यस्तो मोड लिन्छ एलिजा अर्थात अनु उनी  रागकहाँ संगीत सिक्ने बहानामा पुग्छिन् । 

तर उनले आफ्नो परिचयदिन सक्दिनन् र उनलाई रागले पनि चिन्न सक्दैनन् । के अब उनीहरुको मिलन होला त ? एरिका फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा तारा प्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ ।  चलचित्रका गीतमा सत्यराज चौलागाईँ र ममता गुरुङको शब्द रहेका छन् ।

चलचित्रमा एलिश कार्कीको ब्याक ग्राउण्ड स्कोर, पारु अधिकारीको कस्ट्युम, विक्रम स्वाँर र  प्रविण सिंहको कोरियोगाफी,  शानथापा र विजय बस्यालको पब्लसिटी डिजाईन किरण दाहालको कथा रहेको छ । सत्यराज चौलागाईँको  निर्देशन रहेको यस चलचित्रलाई गीता भटुवालले निर्माण गरेकी हुन् ।

उज्यालोको यूट्युब च्यानल Ujyaalo TV मा बाउछोरीको कथा हेर्नुहाेस् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया