सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गरिने

 असोज १६, २०७५ मंगलबार १७:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत विस्तार गर्न लागेको जानकारी दिनु भएको हो ।प्रशासकीय अदालत दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले न्यायमा सबैको पहुँच पुर्‍याउन सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्नेगरी प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गरेको पनि स्मरण गराउनुभयो ।

मन्त्री ढकालले सर्वोच्च अदालतमा कर्मचारी सुरुवा, बढुवासम्बन्धी मुद्दाको चाप घटाउन पनि सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने योजना अघि सार्नु परेको पनि स्पष्ट पार्नु भयो । उहाँले न्याय सेवालाई प्रभावकारी बनाउन सरकारले सक्दो पहल गरिरहेको दावी पनि गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया