बिहारमा फेरि मुसाले रक्सी पियो !

 असोज १६, २०७५ मंगलबार १८:२१:२१ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भारतको बिहारमा फेरि एक पटक मुसाले रक्सी पिएको घटना सार्वजनिक भएको छ । 

घटना बिहारको कैमूर जिल्लाको हो । जिल्लामा रक्सीमा प्रतिबन्ध लगाएपछि पनि बजारमा भेटिएको रक्सी बरामद गरिएको थियो । बरामद गरी नष्ट गर्न भनेर राखिएको रक्सी मुसाले खाएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

कैमूरको एउटा गोदाममा सन् २०१६ देखि अहिलेसम्म जफत गरिएको रक्सी राखिएको थियो । सोमबार जफत गरिएको रक्सी नष्ट गर्ने कार्यक्रम थियो । नष्ट गर्ने बेलामा जब हिसाबकिताब भयो १० हजार रुपैयाँको अन्तर पाइयो । त्यसपछि मात्रै थाहा भयो कि १० हजार बराबरको रक्सी मुसाले पिएका रहेछन् ।

जिल्ला प्रशासन कार्यालयले झण्डै ३० लाख भारतीय रुपैयाँ बराबरको ११ हजार लिटर रक्सी नष्ट गरेको थियो । रोलरले थिचेर रक्सी विभिन्न ब्राण्डका रक्सी नष्ट गरिएको थियो । 

जाँच निरीक्षक प्रदीप कुमारका अनुसार जफत गरिएको रक्सी एउटा गोदाममा राखिएको थियो । उनका अनुसार १० हजार भारतीय रुपैयाँ बराबरको रक्सी मुसाले नष्ट गरेको हो । लिक भएका रक्सीका बोतलबाट मुसाले रकसी पिउने गरेको कुमारले बताएका छन् । 

सन् २०१७ मा पनि बिहारमा झण्डै ९ लाख लिटर रक्सी जफत गरिएको थियो । त्यसमध्ये अधिकांश रक्सी मुसाले खाएको बताएपछि बिहार प्रहरीको मजाक उडाइएको थियो ।

उज्यालोको यूट्युब च्यानल Ujyaalo TV मा बाउछोरीको कथा हेर्नुहाेस् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया