सुस्त मनस्थितिकी बालिका बलात्कृत

 असोज १६, २०७५ मंगलबार १९:९:५५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौं लग्दहवामा १४ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा ६५ वर्षका वृद्ध मन्कौं गोडियालाई प्रहरीले पक्राउ गरेको छ ।

सुस्त मनस्थितिकी छिमेकी किशोरीलाई आफू बस्ने घरमै लगेर ६५ वर्षका  वृद्धाले बलात्कार गरेको भन्दै पीडित पक्षले सोमबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर बिष्टले बलात्कारका आरोपी वृद्धविरुद्ध जिल्ला अदालत बाँकेमा मंगलबार मुद्धा दर्ता गरिएको जानकारी दिनुभयो ।

यसैबीच झारफुकको बहानामा १५ वर्षीया बालिकालाई बलात्कारको आरोपमा पक्राउ परेका नेपालगञ्ज ४ देवाफुलबारीका ‘आफूलाई साइबाबा बताउने’ ४६ वर्षका टेकप्रसाद अधिकारीलाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागार चलान गरेको  जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया