बंगबन्धु गोल्डकप २०१८ : डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो खेलमा ताजिकिस्तानसँग हार्‍याे

 असोज १६, २०७५ मंगलबार २०:११:३६ | उज्यालो सहकर्मी

बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ ।

बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएकाे खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । 

ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडी फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए । 

दोस्रो हाफको  ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ का खेलाडी टुरीनोभ कोमरोनले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

नेपालले पटक-पटक अाक्रमणकाे प्रयास गरे पनि गोल भने गर्न सकेन ।

नेपालले अाउँदाे शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।

अाजै भएकाे पहिलाे खेलमा अायाेजक राष्ट्र बंगलादेशले लाअाेसलाई एक-शून्यले हराउँदै विजयी सुरुवात गरेकाे छ ।

तस्बिर - बंगलादेश फुटबल संघ
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया