यू –१८ साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

 असोज १६, २०७५ मंगलबार २१:२३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

यू–१८ साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको छ । 

भुटानमा जारी प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको नेपाल पराजित भएपछि समूह उपविजेता भएको छ ।

बंगलादेशका लागि सिरात जोहान सोप्नाले खेलको १६औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । ३२औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् । पहिलो हाफमै २–०ले पछि परेको नेपालले इन्जुरी समयमा १ गोल फर्काएको थियो । नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन् ।

यसअघि नेपाल र बंगलादेश दुवैले पाकिस्तानलाई हराएका थिए । पाकिस्तानलाई नेपालले १२–० र बंगलादेशले १७–० ले हराएको थियो ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया