कलंकीदेखि सिम्लेसम्म जाम

 असोज १७, २०७५ बुधबार ८:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नागढुंगा हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रुले पहिलेभन्दा पनि बढी सास्ती खेप्नुपरेको छ । राती गाडी चलाउन रोक लगाएर सडक मर्मतको काम थालेपछि जाम बढ्दा यात्रुले झन् बढी सास्ती खेप्नुपरेको हो ।

केही दिनदेखि लगातार जाम हुँदै आएको यो सडकखण्डमा राती ८ बजेदेखि ५ बजेसम्म गाडी बन्द गरेर मर्मतको काम थालिएको छ । थानकोट–पिपलामोड सडकखण्डमा मर्मतको काम हुँदा रोकिएका गाडी बिहान एकैपटक छुट्दा जाम बढेको हो । काठमाडौं भित्रने गाडीको जाम धादिङको सिम्लेसम्मै पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।

सामान्य बेला सिम्लेबाट कलंकी आइपुग्न डेढदेखि दुई घण्टासम्म लाग्छ । अहिले ९÷१० घण्टासम्म लाग्ने गरेको यात्रु र चालकले बताएका छन् । काठमाडौंबाट बाहिरिने गाडी भने जाममा बस्न नपर्ने ट्राफिक प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया