विदेशमा मृत्यु भएकाको परिवारले पाउने ८५ लाख क्षतिपूर्ति परराष्ट्र मन्त्रालयमा

 असोज १७, २०७५ बुधबार १०:५२:४६ | उज्यालो सहकर्मी

काठमाडौं – पीडित नेपालीका परिवारले पाउनु पर्ने रकम साउदीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको खातामा ट्रान्सफर गरेको छ । 

रोजगारीका क्रममा साउदीमा रहेका बेला ज्यान गुमाएका २४ जनाका परिवारले पाउने दुई लाख ७८ हजार ८०७ रियाल (झण्डै ८५ लाख रुपैयाँ) बुधबार दूतावासले रकमान्तर गरेको हो । 

२४ जनामध्ये चार जनाको परिवारलाई ब्लमनी वापतको रकम पठाइएको हो । मृतकमध्ये अर्घाखाँचीका प्रेमबहादुर टण्डनको छुट्टिमा नेपाल आएका बेला ज्यान गएको नेपाली दूतावास साउदीले जनाएको छ । 

गुल्मीका हेमलाल पेमी, खोटाङका हेमराज राई, कास्कीका लुमनाथ अधिकारी र सिन्धुलीका प्रेमबहादुर पाख्रिनका परिवारलाई २० हजार रियालका दरले ब्लडमनी उठाएर दूतावासले पठाएको हो । 

क्षतिपूर्ति पाउने मृतकका परिवारको सूचि 


 

याे पनि हेर्नुहाेस्ः

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया