आईसीसी टी–२० विश्वकप छनोट : म्यानमारलाई नेपालले गर्‍याे २९ रनमै अलआउट

 असोज १७, २०७५ बुधबार १३:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी –२० विश्वकप अन्तर्गत एसिया उप–क्षेत्रीय छनौटमा कमजोर म्यानमारले नेपालाई जम्मा ३० रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन बनाउँदै अल आउट भयो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका छन् । २ ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिँदा ३ रन खर्चिए । यसैगरी ललित नारायण राजवंशीले ३ ओभर बलिङ गदै ३ रन खर्चिएर ३ विकेट लिए । 

ललित भण्डारी र करन केसीले एक–एक विकेट लिए । म्यानमारका कप्तान एच लिन आङले १६ रन बनाए । म्यानमारका ६ जना खेलाडी शून्यमा आउट भए । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया