बझाङमा जीप दुर्घटना : श्रीमान–श्रीमतीको ज्यान गयो

 जेठ २३, २०७५ बुधबार १९:३६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ  – बझाङमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
 

भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जीप दुर्घटना हुँदा छविसपाथीभरा गाउँपालिका –४, डाँडाँगाँउका ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उहाँकी श्रीमती ३८ वर्षीया जलादेवी सिंहकाे ज्यान गएकाे हाे ।

८ जना यात्रु बोकेको जीप छविसपाथीभरा गाँउपालिका–४, को भेटाखानमा दुर्घटना भएको हो ।  दुर्घटनामा परि ६ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेतमा ल्याउने काम भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया