नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आयोगमा दर्ता हुने

 जेठ २३, २०७५ बुधबार १९:४१:३० | उज्यालो सहकर्मी

काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछिको नाम नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपमा आयोगमा दर्ता गर्ने जनाएको छ ।

यसअघि अर्कै पार्टी नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दर्ता भैसकेकाले एमाले र माओवादीको एकीकरणपछिको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आयोगमा दर्ता हुने विषय बिबादमा परेको थियो । एकीकृत पार्टीको नाम निष्कर्षमा नपुग्दा निर्वाचन आयोगमा पार्टीको नाम दर्ता भएको थिएन । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया