टिप्पर सञ्चालन गर्ने समय परिवर्तन

 असोज १७, २०७५ बिहिबार ५:३३:५७ | रासस

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिप्पर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ । 

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिप्पर सञ्चालन गर्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । 

यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिप्पर सञ्चालन हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिप्पर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिप्पर सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

तर टिप्पर सञ्चालन हुने समय परिवर्तन गरेकै दिन बुधबार भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान  गएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया