टोटनह्याममाथि बार्सिलाेनाकाे सहज जित, मेसीकाे २ गाेल

 असोज १८, २०७५ बिहिबार ६:५०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोनाले टोटनह्यामलाई चार दुई गोल अन्तरले पराजित गर्यो । टोटनह्यामको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेसीले दुई गोल गरे । 

८२ हजार दर्शकमाझ भएको खेलको दोस्रो मिनेटमा नै फिलिप कोउन्टिन्होले गोल गर्दै टोटनह्यामका समर्थकलाई स्तब्ध पारे । २८ औं मिनेटमा इभान रेकिटीचले बार्साको अन्तर दुई शुन्यमा पुर्याए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोना विरुद्ध ५२ औं मिनेटमा हेरी केनले गोल गर्दै अन्तर कम गरेका थिए । तर ५६औं मिनेटमा मेसीले बार्साका लागि तेस्रो गोल गरे ।

गोलको वर्षा भएको खेलको ६६ औं मिनेटमा लामिलाले गोल गर्दै खेल तीन दुईको अवस्थामा पुग्यो । ९० औं मिनेटमा पुनः मेसीले बार्साको स्कोरकार्डमा अर्को गोल थपे । जसका कारण ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सहज जित हात पार्यो । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया