अन्तिम समयमा गाेल, नापाेलीसँग हार्‍याे लिभरपूल

 असोज १८, २०७५ बिहिबार ७:१८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

लिभरपूलले नापोलीसँग नमिठो हार ब्यहोरेको छ । इटालियन क्लब नापोलीले घरेलु मैदानमा लिभरपुललाई एक शून्यले पराजित गर्‍याे ।

समूह सी अन्तर्गत भएको रोमाञ्चक खेलमा नापोलीले अन्तिम समयमा गोल गर्न सफल भयो । पहिलो खेलमा पीएसजीलाई हराएको लिभरपूल नापोलीसँग परािजत भयो । खेलको ९० औं मिनेटमा नापोलीका इन्सिग्नीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

अन्तिम समयमा गरेको गोलका कारण लिभपूल खेलमा फर्कन सकेन र पराजित भयो । जारी प्रतियोगिताको समूह चरणमा लिभरपूलको यो पहिलो हार हो । 

यता एथ्लेटिको मड्रिडले क्लब ब्रुगलाई तीन एकले हरायो भने बोरुसिया डर्टमुन्डले मोनाकोलाई तीन शुन्यले पराजित गर्यो । इन्टर मिलनाले पिएसभीलाई दुई एकले हराउँदा पोर्टोले गालातासेरेलाई एक शून्यले पाखा लगायो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया