घरमा आगालागी  हुँदा ९ लाख क्षती

 असोज १८, २०७५ बिहिबार ८:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पूर्व – सिस्ने गाउँपालिका वडा नम्बर ७ नाथिगाडमा रहेको एउटा घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षती भएको छ । स्थानीय तेजबहादुर भण्डारीको घरमा बुधबार बिहान आगलागी हुँदा ९ लाख २१ हजार ३ सय ९५ बराबरको क्षती भएको हो । 

आगलागीबाट एकलाख नगदसहित अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विजुलीको तार सर्ट भएर बिहान ८ बजेतिर घरमा आगो लागेको धाउने प्रहरी चौकी इञ्चार्ज निलम पौडेलले जानकारी दिनुभयो ।

घरमा कोही नभएको समयमा आगलागी भएको कारण कुनै पनि सामान जोगाउन नसकिएको पीडित परिवारले जनाएको छ । . एक घण्टापछि स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया