नेपाल वायुसेवाले फेरि सुरु गर्‍याे भोजपुरमा हवाई सेवा

 असोज १८, २०७५ बिहिबार १४:३:३६ | बुद्ध तामाङ
unn.prixa.net

फाइल तस्बिर

भोजपुर – दुई महिनादेखि अवरुद्ध भएको नेपाल वायु सेवा निगमको उडान सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । जहाजलाई साउन १८ गतेदेखि मर्मत तथा व्यवस्थापन गर्नुपर्ने भन्दै निगमले हवाई सेवा बन्द गरेको थियो । 

निगमले ८ जेठदेखि बन्द गरेको उडान सेवा गएको असार २२ गतेदेखि जहाजको उडानको भाडादर एक हजार तीन सय ५० रुपैयाँको दरले बढाएर काठमाडाै‌ं भोजपुरको भाडा पाँच हजार एक सय ३० पुर्‍याएर उडान सेवा सञ्चालनमा ल्याएको वायु सेवा निगम भोजपुरमा कार्यरत राजुकुमार मिजारले जानकारी दिनुभयो । । तर, निगमले भाडादर बढाएर सेवा पुनः सञ्चालनमा ल्याएको एक महिना नबित्दै फेरि जहाज उडान सेवा १८  साउनदेखि बन्द गरेको थियो । 

यसरी नै पटक–पटक निगमले बन्द गरेको भोजपुर–काठमाडौं र भोजपुर–विराटनगर दुवै उडान सेवा पुनः निगमले बिहीबारदेखि सञ्चालनमा ल्याइएको वायु सेवा निगम भोजपुरका प्रमुख दिनेश सुन्दासले बताउनुभयो ।  

यता, पटक–पटक जहाजले उडान नभर्दा भोजपुरका अस्पातालबाट थप उपचारको लागि अन्यन्त्र रिफर गरेका बिरामी, वृद्धवृद्धा, साथै महत्वपूर्ण  काम लिएर भोजपुर–काठमाण्डौ र भोजपुर–विराटनगर जानुपर्ने बाध्यता भएका नागरिक मारमा परेका थिए ।  

निगमको भोजपुर–काठमाडाै‌ साताको आइतबार र सोमबारबाहेक हप्ताको पाँच दिन र भोजपुर विराटनगर हप्ताको एक दिन उडान भर्ने वायु निगम सेवा भोजपुरका प्रमुख सुन्दासले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया