जादु देखाउँछु भन्दै मुखमा पेट्रोल हालेर आगो लगाउँदा एक किशोर घाइते

 असोज १८, २०७५ बिहिबार १९:३१:४ | जयराज अवस्थी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर –४, बुदखोलाका १३ वर्षीय सन्तोष तिरुवा आगोले जलेर घाइते भएका छन् । 

जादु देखाउँछु भन्दै मुखमा पेट्रोल हालेर आगो लगाउँदा सन्तोषको मुख र छाती जलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताउनुभएको छ । 

घाइते सन्तोषको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको उहाँले बताउनुभयो । 

घटना दिउँसो साढे तीन बजेतिर भएको उहाँले बताउनुभयो । गाउँमा आफ्नै साथीहरुलाई जम्मा गरेर जादु देखाउँछु भनेर पेट्रोल मुखमा हालेर बालकले आफैले आगो लगाएको खुलेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया