चन्दा उठाउँदै हिड्ने नेकपा विप्लव समूहका दुई कार्यकर्ता जनकपुरबाट पक्राउ

 असोज १८, २०७५ बिहिबार १९:५९:३१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - चन्दा उठाउँदै हिड्ने विप्लव समूहका दुइजना कार्यकर्ता जनकपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी बर्दिवास नगरपालिका–२ बस्ने ३२ वर्षीय अमर क्षेत्री र लमजुङ सुन्दरबजार नगरपालिका–१, भोटेओढार बस्ने ४० वर्षीय राजु कार्की छन् ।

केहि व्यक्तिहरुले चन्दा उठाइरहेको जानकारी गराएपछि दुवैजनालाई बिहीबार दिउँसो साढे एक बजे जनकपुर उपमहानगरपालिका–७, बाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट बा ३६ प ९८२ नम्बरको मोटरसाइकलसहित चन्दा रसिदलगायतका सामान बरामद गरिएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया