काम छ भन्दै बोलाएर छिमेकीले नै गरे बलात्कार

 असोज १८, २०७५ बिहिबार २०:३३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका –१०, लालपुरमा २० वर्षीया युवती बलात्कृत भएकी छिन् । 

बलात्कारमा संलग्न २ जना व्यक्ति फरार रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो । 

बुधबार राति घरमा बसिरहेको बेला दुई जना छिमेकीले काम छ भन्दै बोलाएर बलात्कार गरेको पीडित युवतीले प्रहरीलाई बताएकी छिन् । फरारहरुको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया