चेल्सी र आर्सनलकाे जित

 असोज १९, २०७५ शुक्रबार ७:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपा लिग अन्तर्गत विहीबार राति भएको खलमा इंग्लिस क्लब चेल्सी र आर्सनल विजयी भएका छन् ।

समूह चरणको खेलमा चेल्सीले हंगेरीको भिडीलाई १–० ले हरायो । घरेलु मैदान स्ट्याम्फर्ड  ब्रिजमा भएको खेलमा चेल्सीको जितमा अल्भारो मोराटाको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ७०औं मिनेटमा अल्भारो मोराटाले विलियनको पासमा गोल गर्दै चेल्सीलाई जित दिलाएका थिए ।

अर्को इंग्लिस क्लब आर्सनलले अजरबैजानको काराबागलाई ३–० ले हरायो । खेलको चौथो मिनेटमा सोक्राटिस पापास्थाथोपाउलसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

पहिलो हाफमा सोही गोलको अग्रता बनाएको आर्सनलले ५३औं मिनेटमा अर्को गोल थप्यो । यस पटक इमाइल स्मिथ रोवेले गोल गरे । ७९औं मिनेटमा आर्सनलले तेस्रो गोल गर्‍यो । अलेक्सजेन्द्रे लाकाजेटीको पासमा माटेओ गेन्डोजीले गोल गर्दै आर्सनलको ३–० को जित दिलाए ।

स्पेनिस क्लब सेभिया भने रसियाको क्रासनोदारसँग पराजित भयो । सेभियाले पहिलो हाफमा लिएको अग्रतामा क्रासनोदारले दुई गोल फर्कायो । ४३औं मिनेटमा नोलिटोले गोल गरेका थिए ।

तर ७२औं मिनेटमा माउरिसियो पिएराले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ८८औं मिनेटमा टोरनाइक ओक्रियासभिलीले गोल गरेपछि क्रासनोदरले अग्रता लिए । बाँकी समयमा सेभिया खेलमा फर्किन नसक्दा पराजित हुन पुग्यो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया