उपत्यकासहित देशका केही ठाउँमा चिसो बढ्यो

 असोज १९, २०७५ शुक्रबार ७:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकासहित देशका केही ठाउँमा चिसो बढेको छ । गएको एक हप्ता यता तापक्रम ३ देखि ४ डिग्री सेल्सियसले घटेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सुवास रिमालका अनुसार तापक्रम अब विस्तारै घट्दै जाने छ । अहिले बिहान र बेलुकी चिसो हुन थालेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज १५ डिग्री सेल्सियसमा झरेको छ । हिजो १६ डिग्री सेल्सियस थियो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस थियो । 

मौसमविद्का अनुसार सामान्यतया अंग्रेजी महिनाको अक्टोबरदेखि जाडो सुरु हुन्छ । पश्चिमी क्षेत्रबाट यो वर्षको मनसुन सकिसकेको छ भने मध्य र पूर्वमा मनसुनी गतिविधि बाँकी नै छ ।

आज हिमाली केही भेगमा पनि हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । यस्तै, आज देशका केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया