रियाल, दिर्हाम, रिंगिटको मूल्य शुक्रबार पनि बढ्यो, वन भने कमजोर

 असोज १९, २०७५ शुक्रबार १०:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिहीबार ह्वात्तै बढेको रियाल, दिर्हाम, रिंगिटको मूल्य शुक्रबार पनि उकालो लागेको छ । कोरियन वनको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ र बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रिदर २८ रुपैयाँ ४६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४० र बिक्रिदर १० रुपैयाँ ५४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८६ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ५७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३ सय १३ रुपैयाँ ११ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया