दिपायलमा सशस्त्र प्रहरी गण स्थापना

 असोज १९, २०७५ शुक्रबार ११:२४:० | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – नेपाल सरकारले देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णय अनुसार डोटीको दिपायलमा पहिलोपटक सशस्त्र प्रहरी बलको नयाँ न. ३६ गण स्थापना भएको छ । 

जिल्लामा समग्रमा शान्ति सुरक्षा कायम गर्न र अन्य अपराध न्युनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बलको नयाँ नयाँ न. ३६ गण हेडक्वाटर दिपायलमा स्थापना गरिएको हो । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरमा शिक्षक तालिम केन्द्र नजिकै गण हेडक्वाटरको कार्यालय स्थापना भएको छ । गणले डोटी जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायहरुसँग मिलेर काम गर्ने  सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले बताउनु भयो ।

गणका लागि कुल ६ सय २१ जनाको दरबन्दी हुने भए पनि अहिले यो गणमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ७६ जनाको जनशक्ति रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक जोशीले बताउनु भयो । उहाँले भन्नु भयो ‘हामी अहिले ७६ जना आएका छौँ, अन्य दरबन्दी अनुसारका कर्मचारीहरु आउने क्रम जारी छ, ।’ 

यो गणले समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुलदंगा नियन्त्रण, विपद् व्यवस्थापन, लागूऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी रोक्ने तथा शान्ती सुरक्षा मजबुत बनाउने जस्ता काममा सक्रिय हुने छ । शान्ति सुरक्षा कायम गर्ने तथा अपराधिक क्रियाकलापमा नियन्त्रण ल्याउने उद्देश्यसहित सशस्त्र प्रहरीको गण स्थापना भएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया