ए डिभिजन लिग खेल्ने विदेशी खेलाडीको फाइल गृह मन्त्रालयमा

 असोज १९, २०७५ शुक्रबार ११:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सहिद स्मारक ए डिभिजन लिग खेल्नका लागि नेपाल आएका विदेशी खेलाडीको फाइल युवा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालयमा पठाएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मासँग फाइल अघि बढाउन आग्रह गरेपछि यो प्रक्रिया अघि बढेको हो । अध्यक्ष शेर्पाको पहलपछि १८–२० जना खेलाडीको फाइल गृहमन्त्रालयमा पठाएको छ ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयले लिगमा विदेशी खेलाडी खेलाउन आनाकानी गर्दै आएको थियो । गृहले खेलाडीको रेकर्डहरु चेकजाँच गरेर श्रम स्वीकृतिका लागि श्रम मन्त्रालयमा पठाउनेछ ।

लिगमा तीनवटा विभागीय बाहेक सबै टिमले विदेशी खेलाडी राख्ने तयारी गरेका छन् । यो सिजनको ए डिभिजन लिगमा कुल ३५ खेलाडी खेल्ने बुझिएको छ । एउटा टिमबाट बढीमा चार जना विदेशी खेलाडी खेल्न पाउनेछन् । तर चारमध्ये एक जना सार्क राष्ट्रको हुनुपर्ने नियम छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया