दैलेखको भवानीमा ५ मिनेटको अन्तरमा दुईपटक भूकम्प

 असोज १९, २०७५ शुक्रबार १३:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दैलेखकै भवानीलाई केन्द्रबिन्दु बनाएर अर्को भूकम्प गएको छ । दिउँसो १२ बजेर ५७ मिनेटमा दैलेखको भवानीलाई केन्द्र बिन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो । 

यसअघि १२ बजेर ५३ मिनेटमा भवानीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो । त्यसको ५ मिनेटमै दोस्रो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यो भूकम्प पनि गोरखा भूकम्पको परकम्प नभई नयाँ भएको केन्द्रका वैज्ञानिकले बताएका छन् । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया