नेक्सस र महाकाली क्रिकेट एकेडेमी रौतहट प्रिमियर लिगकाे क्वार्टर फाइनलमा

 असोज १९, २०७५ शुक्रबार १८:५१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - रौतहट प्रिमियर लिग क्रिकेटको क्वार्टफाइनल समिकरण पूरा भएको छ ।

समूह चरणको अन्तिम खेलमा जित हात पार्दै नेक्सस क्रिकेट एकेडेमी र महाकाली क्रिकेट एकेडेमीले क्वार्टर फाइनल यात्रा तय गरेका छन् ।

शुक्रबार भएको खेलमा नेक्ससले गढिमाई क्रिकेट क्लबलाई ४० रनले हरायो । टस जितेर ब्याटिङ रोजेको नेक्ससले २० ओभरमा सबै विकेट गुमाउँदै १२५ रन बनाएको थियो । नेक्ससका लागि अभियान बस्नेतले १९ रन, आशिम झाले १८, जनक धामीले १७ र अजित शर्माले १५ रनको योगदान दिएका थिए ।

बलिङतर्फ नितेश कुमार शाले तीन विकेट लिए भने, शंकर पौडेलले दुई र सन्तोष उपाध्यायले एक विकेट लिए ।

१२६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको गढिमाई १७.५ ओभरमा ८३ रनमा रोकियो । शंकर पौडेलले सर्वाधिक ४० रन बनाए भने दिलिप यादवले २० रनको योगदान दिए ।

बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा टिमले पराजय भाेग्नुपर्‍याे । गढिमाईलाई कम स्कोरमा रोक्नका लागि नेक्ससका हेमन्त थापा र अर्जुन गिरीले ३–३ विकेट लिए ।

अर्को खेलमा महाकाली क्रिकेट एकेडेमीले लायन्स क्लबलाई ७० रनको भारी अन्तरले हरायो । पहिला ब्याटिङ गर्दै महाकालीले ६ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । उसका लागि सुवेन्दु पाण्डेले सर्वाधिक ४५ रन जोडे भने रोविन क्षेत्रीले २९ तथा अविनाष बोहोराले १८ रन बनाए ।

बलिङ तर्फ रञ्जित मुखियाल तीन विकेट लिए । १२२ रनको लक्ष्य सहित ब्याटिङ गरेको लायन्स क्लब १२.२ ओभरमा ५१ रनमा अलआउट भयो ।

अब क्वार्टर फाइनलमा महाकाली क्रिकेट एकेडेमीले ग्रेट हिमालय क्रिकेट एकेडेमीसँग प्रतिष्पर्धा गर्नेछ भने नेक्ससले नेपाल पुलिस क्लबको सामना गर्र्नेछ ।

शनिबार हुने क्वार्टर फाइनलमा धनगढी क्रिकेट एकेडेमी र मलपोखरी क्रिकेट क्लब तथा राैतहट एघार र ओएसिस क्रिकेट एकेडेमीबीच प्रतिष्पर्धा हुनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया