यो वर्षको मनसुन सकियो

 असोज २०, २०७५ शनिबार ८:९:१४ | उज्यालो सहकर्मी

काठमाडौं – यो वर्षको मनसुन सकिएको मौसमविद्ले घोषणा गरेका छन् । 

गएको जेठ २५ गते २ दिन छिटो सुरु भएको मनसुन १२ दिन ढिलो गरी सकिएको मौसमविद्ले घोषणा गरेका हुन् । 

सामान्यतया अंग्रेजी महिनाको जुन १० तारिखमा सुरु हुने मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । तर केहि वर्षयता ढिलो गरी नेपाल प्रवेश गर्ने मनसुन ढिलो गरिनै सकिन थालेको छ । गएको वर्ष दुई दिन ढिला गरी १२ जुनमा सुरु भएको मनसुन १६ अक्टोबरमा सकिएको थियो । 

यो वर्ष मनसुनमा देशभरि नै औसतमा पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अब सामान्यतया देशभरी कै मौसम सफा हुन्छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम भने सफा हुने उहाँको अनुमान छ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया