अनैतिक सम्बन्ध राख्न नमान्दा फेसबुकमा महिलाको अश्लील फोटो पोस्ट गर्ने युवक पक्राउ

 असोज २०, २०७५ शनिबार ८:२६:० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – अनैतिक सम्बन्ध राख्न नमान्दा फेसबुकमा महिलाको अश्लील फोटो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने २० वर्षीय दिवश कामतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीका अनुसार कामतले फेक आईडी बनाएर महिला साथी बनाएको र त्यसमध्येकी एक महिलालाई अनैतिक सम्बन्ध बनाउन दबाब दिँदै आएका थिए । महिलाले अनैतिक सम्बन्ध राख्न नमान्दा कामतले उनको अश्लील फोटो फेसबुकमा राखेका थिए ।  

अनैतिक सम्बन्ध बनाउन नमाने फेसबुकमा सबैले देख्ने गरी अश्लील फोटो हालेको जाहेरीको आधारमा पक्राउ कामतलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

पक्राउ कामतविरुद्ध साइबर क्राइमसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • Damodar Pokhrel

    Oct. 6, 2018, 8:39 a.m.

    महिलाको ईज्जत माथी खेलवाड गर्ने यस्ता कुकर्मी अपराधि लाई कडा भन्दा कडा कार्यवाहि होस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया