आईसीसी टी–२० विश्वकप छनोट : मलेसियाले दियो नेपाललाई १०१ रनको चुनौती

 असोज २०, २०७५ शनिबार ९:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको दोस्रो खेलमा नेपाललाई मलेसियाले १०१ रनको लक्ष्य दिएको छ । मलेसियाविरुद्धको खेलमा नेपाली बलरहरु सुरुदेखि नै हावी भएका थिए ।

टस जितेर पहिला ब्याटिङ गर्न आएको मलेसिया १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमा समेटिएको थियो । 

नेपालका सन्दीप लामिछानले ४ ओभरको स्पेलमा २० रन खर्चिएर ५ जना ब्याट्सम्यानलाई पेभेलियन पठाउन सफल भए । यसैगरी अर्का बलर सोमपाल कामीले लगातार २ बलमा २ विकेट लिएपछि मलेसिया झनै दबाबमा आएको थियो । ३दशमल ३ ओभर बलिङ गरेका सोमपालले १६रन खर्चिएर ३ विकेट लिए । कप्तान पारस खड्काको नाममा पनि १ विकेट रहेको छ । 

मलेसियाका ओपनर ब्याट्सम्यान सफिक सरिफले सर्वाधिक ४९ रन बनाएका थिए । उनलाई सन्दीपले आउट गरे । यसगरी अर्का ओपनर सयद अजिजले सर्वाधिक १३ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया