आईसीसी टी–२० विश्वकप छनोट : नेपालको पहिलो विकेट गयो, अनिल एक रनमै आउट

 असोज २०, २०७५ शनिबार ९:४६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको दोस्रो खेलमा मलेसियाले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई सुरुमै झट्का लागेको छ ।

नेपालले दोस्रो ओभरमै अनिलकुमार साहलाई एक रनमा गुमाएको छ । अनिल सैयद अजिजको बलमा शफिक शरीफको हातबाट क्याच भएका हुन् ।

ताजा अवस्थामा नेपालले चार ओभरको समाप्तिमा एक विकेटको क्षतिमा १९ रन बनाएको छ । क्रिजमा कप्तान पारस खड्का र वसन्त भण्डारी रहेका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया