वर्तमान सरकार नालायक : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

 असोज २०, २०७५ शनिबार १३:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिनु भएको छ । 

सभापति देउवाले बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गर्नुभयो । शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा पनि आपत्ति जनाउनुभयो । 

उहाँले वातावरणीयलगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप छ ।

सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने तर्क पनि गर्नुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया