प्रदेश र स्थानीय तहमा उचित बजेट विनियोजन गर्न कांग्रेस नेता कोइरालाको माग

 असोज २०, २०७५ शनिबार १५:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश र स्थानीय तहमा उचित बजेट विनियोजन गर्न सरकारसँग माग गर्नु भएको छ ।

महामन्त्री कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानीय र प्रदेश सरकारलाई उचित बजेटको व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो । शनिबार काठमाडौंमा आयोजित ‘विपीको प्रजातान्त्रिक समाजवाद, संघीयता र आर्थिक समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संघीयताको वास्तविक कार्यान्वयनका लागि सरकार गम्भीर बन्न नसकेको दाबी पनि गर्नुभयो ।

सरकारले बलात्कार, हत्यालगायतका घटना नियन्त्रण गर्नुको साटो ढाकछोप गरिरहेको महामन्त्री कोइरालाको आरोप छ । कांग्रेस महामन्त्री कोइरालाले देशलाई समृद्ध बनाउन युवा परिचालनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

उहाँले पार्टीको विधानमा युवा परिचालनसम्बन्धी विशेष व्यवस्था गर्न पहल गर्ने आश्वासन पनि दिनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया